मेसीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल गरेका छन्। यसअघि रोनाल्डोले ४९५ गोल गर्दै कीर्तिमान बनाएका थिए।
काठमाडौँ– लियोनेल मेसीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ।
गएराति भएको खेलमा घरेलु टोली स्ट्रासवर्गसाग १–१ गोलको बराबरीमा रोकिए पनि पीएसजी एक खेल बाँकी छँदै च्याम्पियन बनेको हो।
५९औँ मिनेटमा मेसीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले केलियन एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए। ७९औँ मिनेटमा केभिन गेमेरियोले गोल गर्दै खेल बराबरी गरे।
लिग वानमा मेसीको यो ७४ खेलमा ३२औँ गोल हो। यस गोलसँगै उनले युरोपको शीर्ष ५ लिगमा क्रिष्टियानो रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन्।
मेसीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन्। यसअघि रोनाल्डोले ४९५ गोल गर्दै कीर्तिमान बनाएका थिए।
उपाधिका लागि पीएसजीलाई १ अंक आवश्यक रहेको थियो। बराबरी खेल्दै १ अंक नै जोडेपछि च्याम्पियन बन्न सफल भयो।
पीएसजीबाट अंक खोस्न सफल स्टार्सवर्ग भने रेलिगेसनबाट बचेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
