अध्यक्ष एवम् प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका बेला तल्लो अरुण जलविद्युत परियोजना विकास सम्झौता गर्ने निर्णय गरेको छ।
काठमाडौँ- लगानी बोर्ड बैठकले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाका लागि एसजेभीएन लोअर अरुण डेभ्लपमेन्ट कम्पनीसँग परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ।
बोर्डका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका बेला सम्झौता गर्ने निर्णय गरेको हो। एसजेभीएन लोअर अरुण डेभ्लपमेन्ट भारतको सतलज जलविद्युत निगमअन्तर्गतको कम्पनी हो।
त्यसैगरी, बैठकले तमोर जलविद्युत आयोजनाको नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सँगको साझेदारीमा तमोर जलविद्युत आयोजनाको काम गर्ने सम्झौता गरेको पावर चाइनालाई पत्र पठाउने निर्णय पनि गरेको छ। लगानी बोर्डका अनुसार ३० दिनको समय दिएर पावर चाइनालाई पत्र लेख्ने निर्णय भएको हो।
एचआईडीसीएल र पावर चाइनाको लगानीमा कम्पनी खडा गरेर तमोर जलविद्युत आयोजनाअघि बढाउने सम्झौता भएकोमा अहिलेसम्म कम्पनी खडा गर्ने लगायत कुनै पनि प्रगति नभएपछि काम गर्ने वा नगर्ने विषयमा पावर चाइनालाई पत्र लेखेर जानकारी माग गर्ने निर्णय भएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
