भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा पूर्वप्रधानमनेत्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई र झलनाथ खनाललगायत सहभागी छन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री र दलका नेतासहितका विज्ञसम्म छलफल थालेका छन्।

दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छलफल थालेका हुन्। छलफलमा पूर्वप्रधानमनेत्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई र झलनाथ खनाल सहभागी छन्। त्यस्तै, परराष्ट्रमन्त्री  एनपी साउद, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, रमेशनाथ पाण्डे, विमला राई, प्रदीप ज्ञवाली, प्रकाशचन्द्र लोहनी पनि सहभागी छन्।

बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर,रास्वपा सभापति रवि लामिछानेका साथै पूर्णबहादुर खड्का, प्रभु शाह,रन्जिता श्रेष्ठ,प्रेम सुवाललगायत सहभागी छन्। प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।