समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन्।
काठमाडौँ- संसदीय सुनुवाइ विशेषा समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेको छ। समितिमा कांग्रेस र एमालेबाट चार-चार तथा माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाबाट एक-एक जनाको प्रतिनिधित्व हुने भएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनीत गरेको हो। समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्।
एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी मनोनीत भएका छन्।
१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
