एक यात्रुले एयरपोर्टमा अवतरण हुने क्रममा रहेको विमानको आपतकालीन ढोका खोलेपछि दक्षिण कोरियाको एसियाना एयरलाइन्सले नयाँ नियम जारी गरेको हो।
दक्षिण कोरियाको एसियाना एयरलाइन्सले आपतकालीन ढोका नजिकको सिटको टिकट बिक्र गर्न रोक लगाएको छ। उक्त सिटमा बस्न प्रतिबन्ध लगाएपछि टिकट बिक्री रोकिएको हो।
एक यात्रुले अवतरण हुने क्रममा रहेको विमानको आपतकालीन ढोका खोलेपछि एयरलाइन्सले यस्तो निर्णय गरेको हो। जहाज धावनमार्गमा आइपुगेपछि डराएका ती यात्रुले ढोका खोल्न पुगेका थिए।
यो घटना गएको शुक्रबार २०० यात्रु बोकेको ए३२१–२०० विमानमा भएको थियो। विमान दक्षिण कोरियाको राजधान सोलबाट २४० किमि टाढाको देगु अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा ती यात्रुले ढोका खोलेका थिए।
विमान सुरक्षित अवतरण गरे पनि धेरै यात्रुलाई अस्पताल भर्ना गर्नु परेको थियो। तर, कुनै गम्भीर चोटपटक नलागेको र गम्भीर अवस्था पनि नआएको जनाइएको छ।
उक्त एयरलाइन्सलाई उधृत गर्दै एएफपीले जनाएअनुसार आपतकालीन द्वार नजिकको ३१ए र २६ए सिटको टिकट अब बिक्री हुने छैन। “उडानहरू भरिपूर्ण भए पनि सुरक्षाको कारण अब ती सिटहरूमा यात्रु बस्न दिइने छैन,” एयरलाइन्सले भनेको छ।
एयरलाइन्सले यो स्पष्ट पारेको छैन कि, अन्य सिटमा बसेका यात्रुलाई आपतकालीन द्वारा खोल्ने प्रयत्नबाट रोक्न यो निर्णय कसरी प्रभावकारी हुनसक्छ।
आपतकालीन ढोका खोल्ने ३० वर्षीय ती व्यक्तिलाई भने डेगुमा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। उनमाथि उड्डन सुरक्षा कानून तोडेको आरोप छ। उनीमाथिको आरोप प्रमाणित भए १० वर्षसम्मको जेल सजाय हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
