पछिल्ला सात खेल सबैमा बराबरी खेलेको मनाङले आठौँ खेलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रिस्टारलाई पराजित गरेपछि रेलिगेसनको दबाबबाट निस्किएको छ।
काठमाडौँ- चेतनकुमार थारूले गोल गरेपछि कीर्तिमानी आठपटकको 'ए' डिभिजन लिग विजेता मनाङ मर्स्याङदी फुटबल क्बलले सात खेलसम्मको जितविहीन यात्रा समाप्त गरेको छ। थ्रिस्टारलाई पराजित गर्दै आठौँ खेलमा मनाङ विजयी भएको हो।
पछिल्लोपटक विभागीय टोली नेपाल आर्मीलाई १–० गोलले पराजित गरेको मनाङले त्यसयता जितविहीन थियो। त्यसयताका सबै सात खेलमा मनाङले बराबरी गरेको थियो। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न लिगको २२औँ खेलमा थ्री स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ।
मनाङले यसअघि सातदोबाटो यूथ क्लब (०–०), नेपाल पुलिस (२–२), हिमालयन शेर्पा (१–१), जावलाखेल यूथ (२–२), संकटा (२–२) र एपीएफ (२–२)सँग बराबरी खेलेको थियो। पछिल्लो खेलमा च्यासल मैदानमा बिहीबार लिग लिडर चर्च ब्वाइजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
आइतबार खेलको १८औँ मिनेटमा थ्री स्टारका मिडफिल्डर लाकेन लिम्बुले शुरूआती अग्रता दिलाउने मौका गुमाए। उनले फिक्रिकमार्फत् पहिलो बारमा प्रहार गरेको बल मनाङका गोलरक्षक दीप कार्कीले ड्राइभ गर्दै मुस्किलले बचाए।
३१औँ मिनेटमा बायाँ साइडबाट मनाङका डिफेन्डर डावान्डु डियाग्नेले प्रहार गरेको बललाई डिबक्सको मध्यभागमा रहेका थ्री स्टारका पिटर सेगुनले क्लिअर गर्दिए। तर, ३८औँ मिनेटमा मनाङले अग्रता लियो। क्याटलान क्लब बार्सिलोनाको बी टिमबाट खेलिसकेका डियाग्नेले प्रहार गरेको बल दोस्रो बारमा लागेर फर्किएको थियो। हुलमुलमा थ्री स्टारका डिफेन्डरले क्लिअर गर्न नसकेपछि चेतनकुमार थारूले गोलरक्षक पूर्ण चेम्जोङको सामुबाट गोल गर्न सफल भए।
४२औँ मिनेटमा मनाङले अग्रता दोब्बर बनाउने मौका गुमायो। मिडफिल्डबाट रोशन रानामगरले एक्लै बल लग्दै डिबक्सबाट दोस्रो बार च्याप्दै गरेको प्रहार बाहिरियो। पहिलो हाफमा अग्रता लिएको मनाङ दोस्रो हाफमा पनि सो अग्रता कायमै राख्न सफल भयो।
५६औँ मिनेटमा थ्री स्टारलाई खेलमा फर्किने मौका जुरेको थियो। अनिल महर्जन र आदित्य शाक्यले मिलेर बललाई आफ्नो जोनमा राखेका थिए। अन्तिममा आदित्यले बायाँ साइडबाट गरेको प्रहार मनाङको माथिल्लो बारमा लागेर फर्कियो।
खेलको ९०औँ मिनेटमा मनाङ १० खेलाडीमा समेटियो। घाइते भएर बाहिर निस्किएका कोफी कुडोले बल प्रहार गरेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाए। दोस्रो हाफको इन्ज्युरी समयमा थ्री स्टारका पिटरले अर्को मौका गुमाए। मनाङका दुई डिफेन्डरको बीचबाट प्रहार गरेको बल गोलरक्षक दीपको हातमा पुग्यो।
चर्च ब्वाइजसँगको बराबरीसँगै रेलिगेसनतर्फ धकेलिएको मनाङलाई यस जितसँगै राहत मिलेको छ। यसअघि ११औँ स्थानमा रहेको मनाङ तालिकामा तीन अंक थप्दै सातौँ स्थानमा पुगेको छ। मनाङको २२ खेलबाट २८ अंक छ। समान खेलबाट २६ अंक जोडेको थ्री स्टार दुई स्थान तल झर्दै ११औँमा पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
