सञ्चारमन्त्री रेखा शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई गणतन्त्रसँग जोडेर बदनाम गराउने गरिएको भन्दै असहमति जनाइन्।
काठमाडौँ- सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्ती देखाएर गणतन्त्र र सिंगो प्रणालीलाई बदनाम गराउने प्रयास भएको बताएकी छन्।
सामुदायिक सूचना नेटवर्क (सीआईएन)को १५औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई गणतन्त्रसँग जोडेर बदनाम गराउने गरिएको भन्दै असहमति जनाइन्। गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै उनले गणतन्त्र दिवस मनाउनु राजाको जन्मदिन मनाएजस्तो नभएको पनि बताइन्।
सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले संघीय गणतन्त्रप्रति आमनागरिकको अपनत्व बढाउन सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस मनाउन लागेको बताइन्। मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उनले आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैँ उज्यालो रहेको बताइन्।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताए।
दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहीकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको भन्दै सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
