भारतीय राष्ट्रिय कांग्रेससहित २० दलले बहिष्कार गरेको संसद् भवन उद्घाटन कार्यक्रममा मोदी भारत स्वतन्त्र हुँदा बेलायतीले दिएको ऐतिहासिक यो राजदण्ड 'सेंगोल'अघि लम्पसार परेका थिए।
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतीय संसद्को नयाँ भवनको उद्घाटन गरेका छन्। राजधानी दिल्लीमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिककालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटनमा मोदीले राजदण्ड 'सेंगोल'लाई लम्पसार परेर ढोग गरेका थिए।
तमिलनाडुको ऐतिहासिक यो राजदण्ड 'सेंगोल'लाई बेलायतीहरूले सत्ता हस्तान्तरण गर्दा प्रतीकका रूपमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई दिएका थिए। यसलाई इलाहाबादको संग्रहालयमा राखिएको थियो।

संसद् भवन उद्घाटनमा मोदीले उक्त राजदण्ड सेंगोललाई दणण्डवत् गरेपछि नयाँ भवन लगेर लोकसभा अध्यक्षको आसनको दायाँतर्फ राखेका थिए। यो राजदण्डलाई स्वतन्त्रताको प्रतीको रूपमा मोदीले सम्मान गरेको जनाइएको छ।
तर, संसद् भवन उद्घाटन कार्यक्रम त्यहाँको अर्को प्रमुख पार्टी राष्ट्रिय कांग्रेससहित २० दलले बहिष्कार गरेको जनाइएको छ। ती दलले प्रधानमन्त्री मोदीको सट्टा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ संसद् भवनको उद्घाटन गर्नुपर्ने माग गरेका थिए।

उद्घाटनपछि मोदीले उक्त भवन बनाउने कामदारलाई सम्मान गरेका थिए। “यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ। यसले ६० हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ। हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,” उनले भने।
करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ। नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
