ईपीएल उपाधि विजेता म्यान्चेस्टर सिटीले हारबाट लिग टुंग्याएको छ। सिटी अन्तिम खेलमा ब्रेन्टफोर्डसँग १–० गोलअन्तरले पराजित भएको छ।
इंग्लिस प्रिमियर लिगको उपाधि जितेको म्यान्चेस्टर सिटी अन्तिम खेलमा ब्रेन्टफोर्डसँग पराजित भएको छ। दोस्रो स्थानको आर्सनलले भने वुल्भरह्याम्टन वान्डरर्सलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
आर्सनल अन्तिम खेलमा विजयी भए पनि सिटी तीन खेल बाँकी हुँदै लिग विजेता भइसकेको थियो। आइतबारको खेलमा ब्रेन्टफोर्डका लागि एक मात्र गोल पिनोकले ८५ औँ मिनेटमा गरेका थिए। जितबाट लिग टुंग्याएको ब्रेन्टफोर्ड ५९ अंकसहित नवौँ स्थानमा रह्यो।
सिटीले अन्तिम अंकतालिकामा ५ अंकको फरकले आर्सनललाई पछि पारेको छ। सिटीको ८९ र आर्सनलको ८४ अंक छ। यीबाहेक तेस्रो र चौँथो स्थानमा रहेका म्यान्चेस्टर युनाइटेड र न्युकासल युनाइटेड पनि आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट भएका छन्।
पाँचौँ र छैटौँ स्थानमा रहेका लिभरपुल र ब्राइटन एन्ड होभ आल्बियनले युरोपा लिग खेल्न पाउनेछन्।
यो सिजन इंग्लिस प्रिमियर लिगबाट लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टन रेलिगेसनमा परेका छन्। लेस्टर सन् २०१५–१६ को लिग च्याम्पियन क्लब हो। अन्तिम खेलमा वेस्ट ह्यामलाई २–१ ले पराजित गरे पनि अर्को खेलमा एभर्टन बोर्नामाउथविरुद्ध १–० ले विजयी भएपछि लेस्टर रेलिगेसनमा जान बाध्य भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
