संवैधानिक व्यवस्थाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
काठमाडौँ- सरकारले सोमबार (आज) आगामी आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्दैछ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले यसअघि नै बताइसकेका छन्। त्यसैगरी, सरकारले खर्च कटौतीको नीति लिएको छ।
बजेटमा साधारण खर्च कटौती र पुँजीगत खर्चमा सामान्य वृद्धि गरिने जनाइएको छ। अनावश्यक मानिएका सरकारी संरचनाको खारेजी तथा मर्जर गरिने यसअघि नै नीति तथा कार्यक्रममा सार्वजनिक भइसकेको छ।
बजेटसँगै महतले चारवटा विधेयक संसद्मा पेश गर्नेछन्, जसमा विनियोजन विधेयक, आर्थिक विधयेक, राष्ट्र ऋणसम्बन्धी विधयेक र ऋण तथा जमानत विधयेक छन्। आज सार्वजनिक हुने बजेट संसद्बाट पारित भएपछि आगामी साउन १ गतेदेखि लागू हुन्छ।
तर, आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने जेठ १६ गतेदेखि लागू हुन्छ। करका दर हेरफेर हुने हुँदा आइतबार राति १२ बजेदेखि नै २४ घन्टाका लागि सबै भन्सार नाका बन्द गरिएको छ। अब सोमबार राति १२ बजेबाट मात्र ती नाका खुला गरिनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
