रेशम चौधरी २०७४ फागुन १५ गतेदेखि जेलमा थिए। राष्ट्रपतिबाट सजाय माफी भएर रिहा हुँदा उनलाई स्वागत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगिन्।
काठमाडौँ– गणतन्त्र दिवसको दिन पारेर सरकारले सजाय माफी दिएपछि रेशम चौधरी रिहा भएका छन्। उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
उनलाई स्वागत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता तथा कार्यकर्ता डिल्लीबजार पुगेका छन्। उनी रेशमपत्नी हुन्। जिल्ला अदालत कैलालीले उनलाई २०७४ फागुन १५ गते थुनामा पठाउने आदेश थिएको थियो। त्यसको दुई दिनअघि फागुन १३ गते उनले अदालतसामु आत्मसमर्पण गरेका थिए।
रेशम जेलबाट निस्कँदा नेता–कार्यकर्ताले फुलमाला र अबिर लगाएर स्वागत गरेका छन्। उनलाई गाडीमा राखेर नेता–कार्यकर्ताले नाराबाजीका साथ जेलबाट लिएर गएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीसहित ५०१ जना कैदीलाई सजाय माफी दिने निर्णयमा जेठ १४ गते हस्ताक्षर गरेका थिए। यसअघि मन्त्रिपरिषद्ले उनलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
सर्वोच्च अदालतले गएको जेठ २ गते टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरीले पाएको जन्मकैदको सजायलाई सदर गर्ने फैसला सुनाएपछि उनलाई माफी दिने बाटो खुलेको थियो। सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले रेशमलाई सर्वस्वसहित जन्मकैद सजाय हुने कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको हो।
२०७२ सालमा भएको टीकापुर हत्याकाण्डमा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। सर्वोच्चले थुनामुक्तिका लागि रेशमले दायर गरेको रिटमाथि दाबी नपुग्ने ठहर गरेको हो।
उनीविरुद्ध मुद्दा चलेपछि चौधरी दुई वर्ष फरार भए। भूमिगत अवस्थामा नै २०७४ सालको चुनावमा कैलाली-१ बाट निर्वाचित भएपछि उनले अदालतसामु आत्मसमर्पण गरेका थिए।
२०७८ पुस १९ गते चौधरीले श्रीमती रञ्जिताको अध्यक्षतामा नयाँ पार्टी खोलेका थिए। २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा भर्खरै स्थापना भएको नागरिक उन्मुक्तिले दुई नगरपालिका र दुई गाउँपालिकामा जित हासिल गरेर कैलालीको सबैभन्दा ठूलो दल बनेको थियो। गएको मंसिर ४ को निर्वाचनमा पनि यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षमा चार सिट जितेको छ। कैलाली-१ बाट रन्जिता श्रेष्ठ, २ बाट अरुणकुमार चौधरी, ३ बाट गंगाराम चौधरी र बर्दिया-२ बाट लालवीर चौधरी निर्वाचित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
