टाउको छोपेर हिँड्नुपर्ने र पूरै शरीर ढाक्ने लुगा लगाउने पर्ने कडा नियम पालना नगरेको आरोपमा आमिनीलाई नैतिक प्रहरीले मंगलबार पक्राउ गरेको थियो।
इरानमा एक महिलाको प्रहरी हिरासतमै मृत्यु भएपछि चर्किएको प्रदर्शनले विश्वकै ध्यानाकर्षित भएको छ। प्रहरी हिरासतमै २२ वर्षीया मासा आमिनीको शुक्रबार मृत्यु भएसँगै चर्किएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ।
कुर्दिस्तानको साकेजस्थित आमिनीको गृहनगरमा उनको अन्त्येष्टिमा भेला भएका प्रदर्शनकारीले 'निरंकुशलाई मृत्युदण्ड दे' भन्दै नाराबाजी गरेका थिए। समाधिस्थलमा आमिनीको फोटोमा “तिमी मरेकी छैनौ, तिम्रो नाम कोड बन्ने छ” लेखिएको थियो।
आमिनीको 'हत्या' भएको भन्दै विरोध प्रदर्शन गरिरहेका अधिकांश महिलाले हिजाव जलाउने, कपाल काट्ने र प्रहरीमाथि ढुंगा प्रहार गर्ने गरेका थिए।
जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो भने धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।
टाउको छोपेर हिँड्नुपर्ने र पूरै शरीर ढाक्ने लुगा लगाउने पर्ने कडा नियम पालना नगरेको भन्दै आमिनीलाई नैतिक प्रहरीले मंगलबार पक्राउ गरेको थियो। आमिनीलाई भ्यानमा राखेर लैजाँदै गर्दा प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाइ छ।
कुटपिटपछि बेहोस भई 'कोमा'मा गएकी उनलाई मंगलबार नै तेहरानको उत्तरी क्षेत्रस्थित कास्रा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले आमिनीको अवस्था गम्भीर नभएको सूचना टाँसेको केहीबेरमै सूचना पाटीबाट सो सूचना हटाइएको थियो। त्यसको केही सयममै आमिनीलाई प्रहरीले मृत घोषणा गरेको थियो।
हत्या नभई आमिनीको मुटुले काम नगरेका कारण अकस्मात मृत्यु भएको प्रहरीको भनाइ छ। आमिनीको हत्याको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विरोध भइरहेको छ। इरानका राष्ट्रपति इब्राहिम रहिसीले आमिनीको मृत्युबारे अनुसन्धान गर्न आन्तरिक मामिलामन्त्रीलाई निर्देशन दिएका छन्।
यस्तै, विश्व प्रसिद्ध लेखक जे.के. रोलिङले महिलाको वास्तविक साहस यस्तो हुन्छ भन्दै महिलाले कपाल काटेको र हिजाव जलाएको भिडियो ट्विटरमा सेयर गरेकी छिन्।
इरानमा महिलाले सात वर्षको उमेरपछि अनिवार्य रूपमा कपाल छोपेर वा हिजाव लगाएर हिँड्नुपर्ने भेदभावपूर्ण नियमदेखि वाक्क परेको भन्दै इरानी पत्रकार तथा अधिकारकर्मी मसिह एलिनीजादले पनि महिलाहरूले कपाल काटेका र हिजावमा आगो लगाएका भिडियो सामाजिक सञ्जालमा राखेकी छिन्।
आमिनीको मृत्युको खबर बाहिरिएपछि राजधानी तेहरान र आमिनीको गृहनगर साकिजमा इन्टरनेटमा समस्या देखापर्न थालेको साइबर सुरक्षा र इन्टरनेट नियमन संगठन नेटब्ल्कले जनाएको छ। अधिकांश प्रयोगकर्ताले इन्टाग्राम, ह्वाट्सएपमा भिडियो अपलोड गर्न पाएका छैनन्।
सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानमा महिलाले धार्मिक रूपमा मान्य हुने लुगा मात्र लगाउन पाउने कानुन ल्याइयो। त्यो भनेको उनीहरूले चडोर अर्थात पूरा शरीर ढाक्ने कालो लुगा वा कपाल छोप्ने पछ्यौरी र हात छोप्ने ओभरकोटजस्तो लुगा मात्र लगाउन पाइने। तर, पछिल्लो समय महिलाले लगाउने लुगाबारे बनाइएका कडा नियमको विरोधमा अभियान नै चल्ने गरेका छन्।
केही महिनायता मात्रै लुगासम्बन्धी कडा कानुन पालना नगरेको भन्दै प्रहरी नियन्त्रणमा पुगेको विषय महिलाहरूले इरानको सरकारी टेलिभिजनमार्फत नै राखेका थिए। त्यसअघि इरानी राष्ट्रपतिले इस्लामिक समाजमा संगठित भ्रष्टाचार बढेको भन्दै ती अभियानलक्षित अभिव्यक्ति दिएका थिए।
हालै इरानको न्यायपालिका प्रमुख घोलाम हुसैन मोहसिनी इजिइले समेत यस्ता अभियानलाई उक्साउन विदेशी शक्तिको हात रहेको दाबी गरेका थिए। उनले पर्दा पछाडिका हात पत्ता लगाउन गुप्तचर निकायलाई आग्रहसमेत गरेका थिए।
धेरै इरानी नागरिकले इरानका सर्वोच्च नेता अलि खामिनीको अभिव्यक्ति महिलामाथि कारबाहीको कारण बनेको आरोप लगाउँछन्। खामिनीले नैतिक प्रहरीको कार्यको प्रशंसा गर्दै भाषण गरेको भिडियो सामाजिक सञ्चालमा सेयर भएको थियो। तर, खामिनीको मृत्युले महिलाले लगाउने लुगासम्बन्धी बहसलाई ब्यूँताएको छ भने यसलाई कार्यान्वयनमा ल्याउने नियम बनाउन दबाब सिर्जना गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
