यु–१७ महिला एसियन कप : नेपाल रहेको समूहमा जोर्डन र इरान

एएफसी यु–१७ महिला एसियन कप छनोट चरणमा नेपाल समूह ‘एच’मा परेको छ।

काठमाडौं– एएफसी यु–१७ महिला एसियन कप छनोट चरणमा नेपाल समूह ‘एच’मा परेको छ।

बिहीबार एएफसीले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘एच’ मा परेको हो। नेपाल रहेको समूहमा जोर्डन र इरान रहेको छ।

यस समूहको छनोट खेल अप्रिल २२ देखि ३० सम्म जोर्डनमा हुनेछ। एएफसीका अनुसार छनोटमा सहभागी ८ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्।

दोस्रो चरण सेप्टेम्बर १६ देखि २४ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले इन्डोनेसियामा हुने यु–१७ महिला एसियन कप खेल्नेछ।

इन्डोनेसियामा हुने यु–१७ एसियन कप २०२४ को अप्रिल ७ देखि २० सम्म हुनेछ।