सिंहदरबारमा जारी पहिलो बैठकमा सभामुख घिमिरेले समितिमा अनुभवी सदस्यहरू रहेका कारण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।
काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा शुरू भएको छ।
समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बैठक शुरू भएको हो। बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन्।
सभामुख घिमिरेले समितिमा अनुभवी सदस्यहरू रहेका कारण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे। प्रधानन्यायाधीश नियुक्तिलगायत कामको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले संवैधानिक परिषद्बाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर सच्याउन सक्ने गरी समितिले काम गर्नुपर्ने बताए।
सिफारिस भएका व्यक्तिबारे समितिमा नागरिकबाट आएका गुनासालाई गम्भीरतापूर्वक लिन र दलको निर्देशनभन्दा पनि स्वतन्त्रतापूर्वक निर्णय गर्न समितिलाई आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
