एकैदिन प्रतितोला दुई हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख आठ हजार १०० रहेको छापावाल सुन मंगलबार एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सुन प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो। सोमबार एक लाख आठ हजार १०० रहेको छापावाल सुन मंगलबार एक लाख १० हजार ५०० रुपैयाँ पुगेको छ।

एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार एक लाख नौ हजार ९५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ। चाँदी एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।