अज्ञात समूहले महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखाबाट पेस्तोल देखाएर ३५ लाख रुपैयाँ लुटपाट गरेको छ।
काठमाडौँ– अज्ञात समूहले महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखाबाट रकम लुटपाट गरेको छ। चार जनाको समूहमा आएका व्यक्तिले पेस्तोल देखाएर रकम लुटपाट गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चार जनाको समूहमा आएका अज्ञात समूहले पेस्तोल देखाएर बैंकको क्यास काउन्टरबाट रकम लिएर भागेका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी दिलीपकुमार गिरी करिब ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनका अनुसार १२:२५ बजेतिरको समयमा लुटपाट भएको हो।
लुटपाटको समयको सीसीटीभी फुटेजसमेत बाहिरिएको छ। जसमा मास्क लगाएका चार जना मानिस पेस्तोल देखाउँदै बैंकमा प्रवेश गर्छन्। उनीहरूले ग्राहकलाई एक ठाउँमा उभाएर रकम लिएर निस्किएको देखिन्छ।
प्रत्यक्षदर्शीका अनुसार बैंक लुटपाट गरेपछि उनीहरू मोटरसाइकलमा सवार भई अलगअलग दिशातर्फ लागेका थिए। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।
एनएमबी बैंकको महोत्तरी शाखाबाट पेस्तोल देखाएर रकम लुटपाट#nmbbank #bankrobbery pic.twitter.com/Brd4SSKGMD
— Ukaalo (@ukaalonews) May 30, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
