कानूनबमोजित छुट सुविधा नदिने अस्पताललाई सात दिनभित्र कानूनी दायरामा नल्याइए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बालेनले बताएका छन्।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सेवाग्राहीलाई छुट नदिने अस्पतालको सूची स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई बुझाएका छन्।
महानगरभित्र रहेका ती अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यसंस्था सञ्चालन मापदण्ड, २०७७ को अटेर गर्दै कानूनबमोजिम दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराएको मेयर शाहको भनाइ छ।
महानगरले गत जेठ ६ गते आफ्नो क्षेत्रभित्र रहेका अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थाले विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निस्शुल्क उपचारलगायत सुविधा उपलब्ध गराउन अनुरोध गरेको थियो।
“नेपालको संविधान र प्रचलित कानूनअनुसार आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ,” बालेनले भनेका छन्, “स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने र नागरिकले पाउने छुट सुविधा उपलब्ध गराउनतर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौँ।”
शाहले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर ती अस्पताललाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्। “यदि मन्त्रीज्यूले सात दिनभित्र कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
