एएफसी यू–२० महिला एसियन कप : नेपाल समूह ‘बी’मा

नेपाल रहेको समूहमा युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड रहेको छ।

तस्वीर : एन्फा

काठमाडौं– एएफसी यु–२० महिला एसियन कप छनोट चरणमा नेपाल समूह ‘बी’मा परेको छ।

बिहीबार दक्षिण एशियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा परेको हो।

नेपाल रहेको समूहमा युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड रहेको छ। मार्च ४ देखि १२ सम्म हुने छनोटअन्तर्गत समूह ‘बी’ को खेल प्यालेस्टाइनमा हुनेछ।

एएफसीले छनोटमा सहभागी हुने ३१ राष्ट्रलाई ८ समूहमा विभाजन गरेको छ।

छनोटपछि शीर्ष ८ राष्ट्रले दोस्रो चरणमा स्थान बनाउने छन्। दोस्रो चरणको छनोटका खेलहरू जुन ३ देखि ११ सम्म हुनेछ।

त्यसपछि शीर्ष ४ राष्ट्रले उज्बेकिस्तानमा हुने यू–२० महिला एसियन कपमा स्थान बनाउने छन्। उक्त प्रतियोगिता २०२४ को मार्च ३ देखि १६ सम्म उज्बेकिस्तानमा हुने तय भइसकेको छ।