त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको हो। दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्।
दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट भारत गएका हुन्। उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरे।

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल रहेका छन्।
यसैगरी प्रधानमन्त्रीको सचिवालयबाट प्रमुख सचिव गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल, निजी चिकित्सक युवराज शर्मासँगै चार सुरक्षा अधिकारी छन्।
प्रधानमन्त्री दाहालले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका छ। प्रधानमन्त्री जेठ २० गते स्वदेश फर्कने कार्यक्रम छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
