बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३८.८३ अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक २.०६ प्रतिशतले घटेर एक हजार ८४९.७९ अंकमा कायम भएको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो।
२६२ वटा कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता शेयर ३६ हजार ८९३ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ बराबरको कारोबार भएको छ। नेप्सेका सबै सूचकहरू रातो देखिएका छन्।
सेन्सेटिभ सूचक ७.२८, फ्लोट सूचक २.५९ र सेन्सेटिभ फ्लोट सूचक २.२० अंकले घटेको छ। सबै समूहका उपसूचक पनि घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २२८.८२ र निर्जीवन बीमा समूहको उपसूचक २२२.३४ अंकले घटेको छ।
बैंकिङ समूह १८.६७, विकास बैंक समूह ७०.१७, वित्त समूह ३४, होटल तथा पर्यटन समूह १२५.७१ र जलविद्युत् समूह ६१.८० अंकले घटेको छ।
त्यसैगरी, लगानी समूह १.४८, उत्पादन तथा प्रशोधन १७२.९६, लघुवित्त ६३.०२, म्युचुअल फन्ड ०.०६, व्यापार ३५.७३ र अन्य समूह २०.२० अंकले घटेको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ भने युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा बुधबार सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रमोटर शेयर ३४ करोड २८ लाख १६ हजार १२९ बराबरको २७ लाख ८७ हजार १२३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
