सार्वजनिक लेखा समितिमा हालसम्म नयाँ र पुराना गरेर १२१ वटा उजुरी फर्स्योट हुन बाँकी देखिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा हालसम्म नयाँ र पुराना गरेर १२१ वटा उजुरी फर्स्योट हुन बाँकी देखिएका छन्। विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीमाथि लेखा समितिमा छानबिन र छलफल हुन नसकेको हो।
नयाँ सदस्य आएपछि एउटा उजुरी थपिएको छ। प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको हो।
बुधबार दिउँसो सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा ज्येष्ठ सदस्य, सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको जानकारी गराए। उनले सार्वजनिक लेखा समिति अविच्छिन्न उत्तराधिकारीवाला संस्थाका रूपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे छलफल र छानबिन गरिने बताए।
“समितिले उजुरी गर्ने दुवै पक्षलाई राखेर दुवैको भएको के हो भन्ने बारेमा जानकारी लिन्छ। कुनै पनि पक्षलाई कुनै रिसइबीले कसै एकप्रति मात्रै हेर्ने भन्ने हुँदैन। समिति जुनसुकै बेला खेलेर छलफल गर्न सकिन्छ। कसैलाई आग्रह वा पूर्वाग्रह गर्ने भन्ने हुँदैन,” उनले भने।
समिति सदस्यहरू सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्त्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखेका थिए। समिति सदस्यहरू राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बास्कोटा, रामकृष्ण यादव, योगेशकुमार भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले धारणा राखेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
