गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।
बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बताए। उनले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
उनले भारतीय नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूभाग समेटिएकोबारे ऐतिहासिक तथ्यका आधारमा कूटनीतिक माध्यमबाट छलफल भइरहेको बताए।
गृहमन्त्री श्रेष्ठले भने, “कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको छ। ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ। दुई देशको पारस्परिक हितको पक्षमा नै छलफल गर्नुहुनेछ।”
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ।
उनीहरूले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा आपराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
