चीनका राष्ट्रपति सी चिनफिङले एआईका कारण राष्ट्रिय सुरक्षा समस्याका जटिलता नाटकीय रूपमा बढिरहेको बताएका छन्। चीनले यसलाई नियन्त्रण गर्न गत महिना नयाँ कानूनको मस्यौदा तयार गरेको छ।
चीनका राष्ट्रपति सी चिनफिङले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) का कारण राष्ट्रिय सुरक्षामा चुनौती बढेको बताएका छन्। उनले एआई र सूचना सुरक्षामा विशेष निगरानी राख्नुपर्ने पनि बताए।
राष्ट्रपति चिनफिङ र अन्य चिनियाँ उच्च अधिकारी एआईविरुद्ध ‘खतरनाक आँधी’लाई जस्तै भारी राज्य नियन्त्रण हुनुपर्नेमा एक मत छन्। राष्ट्रिय सुरक्षा आयोगको बैठकमा सहभागी राष्ट्रपति चिनफिङ र शासनरत चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरू सूचना सञ्जाल तथा एआई सुरक्षा प्रशासन सुधार गर्नुपर्नेमा सहमत भएको द गार्जियनले लेखेको छ।
“हामीले खराब परिस्थिति र चरम परिदृश्यहरूका लागि तयारी गर्नुपर्छ। त्यसैगरी हामी हावाको उच्च वेग, चिप्लो पानी र खतरनाक आँधीका लागि पनि तयार हुनुपर्छ,” बैठकपछि चिनफिङलाई उधृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको समाचारमा उल्लेख छ।
चिनफिङले राष्ट्रिय सुरक्षा समस्याका जटिलता र गाम्भीर्य नाटकीय रूपमा बढिरहेको पनि बताएका छन्। एआईकै कारण यस्तो भइरहेको उनको भनाइ छ।
चीनले पछिल्ला केही महिना राष्ट्रिय सुरक्षामा खतरा रोक्न र अनावश्यक डाटा हटाउन विदेशी परामर्शदाता फर्महरूमा छापा मारेको थियो। त्यसैगरी प्रतिजासुसी कानूनलाई सुदृढ पार्न व्यापक अभियान पनि चलाएको थियो।
चीनले एआईमाथि राज्यको नियन्त्रण बलियो बनाउन गत महिना कानूनको नयाँ मस्यौदा सार्वजनिक गरेको थियो, जसअनुसार एआई उत्पादनहरू प्रयोग गर्नुअघि सुरक्षा मूल्यांकन गर्न आवश्यक हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
