भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ।
नयाँ दिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता शुरू भएको छ।
भारतीय प्रधानमन्त्रीको सरकारी निवास हैदराबाद हाउसमा भेटवार्ता शुरू भएको हो। पहिले प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।
भोटवार्तापछि दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्नेछन्। आज दिउँसो प्रधानमन्त्री दाहालको सम्मानमा मोदीले हैदराबाद हाउसमै दिवा भोज आयोजना गर्नेछन्। भेटवार्ताका क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची रहेको छ।
ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाई मार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
