कांग्रेस महामन्त्री गगन थापाले सबै गुट भत्काएर पार्टीलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन्। उनले कांग्रेसलाई बदल्न चाहनेहरूलाई विगतका दाइहरूको साथ छाड्न आग्रह गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटलाई भत्काएर पार्टीको पुनर्निर्माण गर्नुपर्ने बताएका छन्।
बिहीबार नेपाल छापाखाना तथा सञ्चारसम्बद्ध श्रमिक संघको आयोजनामा काठमाडौँमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले कांग्रेसलाई पुनर्निर्माण गर्न सबै गुट भत्काउनुपर्ने बताएका हुन्।
उनले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरूबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाइहरूको साथ छोड्न नेता–कार्यकर्तालाई आग्रह गरे। “अब कांग्रेसभित्र कांग्रेस बदलेर छोड्ने एउटा गुट, होइन बदल्न मिल्दैन कहाँ दाइहरू रिसाउनुहुन्छ भन्ने हो भने त्यो अर्को गुट। जो दाइसँग लाग्छ दाइसँगै जाने। जो आउँछ त्यो सँगसँगै जाने। गर्दै जाने, काम गर्दै जाने। यो बाटो बनाउन सकियो भने पार्टी बाँच्यो,” उनले भने।
महामन्त्री थापाले नागरिक कुशासन, भ्रष्टाचार र बेथितिबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन कुरालाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए। कांग्रेसले भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरू पार्टीमा आउने उनको भनाइ छ। उनले कांग्रेसको पुनर्निर्माण सम्भव भएको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
