रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको राजधानी किभमा ९ वर्षीया एक बालिका र उनकी आमासहित तीन जनाको मृत्यु भएको छ।
रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनको राजधानी किभमा ९ वर्षीया एक बालिका र उनकी आमासहित तीन जनाको मृत्यु भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसले गरेको किभलक्षित आक्रमणमा छोटो दूरीको इस्केन्डर जमिनबाट प्रहार गर्न सकिने क्षेप्यास्त्र प्रयोग गरेको थियो। युक्रेनी हवाई प्रतिरक्षा बलले रुसी सेनाले प्रहार गरेका १० वटा क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्र खसालेको दाबी गरेको छ। तर, खसालिएको मिसाइलका टुक्राले चोट लागेर १६ जना घाइते भएका अधिकारीहरूले बताएका छन्।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्विटरमार्फत मृत्यु हुनेमा ९ वर्षीया बालिका, उनकी आमा र अर्की एक महिला रहेको जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघका मानवअधिकार अनुगमनकर्ताहरूले गत महिना मात्रै आक्रमणमा परेर ६ बालबालिकाको ज्यान गएको र ३४ जना घाइते भएको बताएका छन्।
युक्रेनस्थित संयुक्त राष्ट्रसंघको मानवअधिकार अनुगमन मिसनको विवरणअनुसार सन् २०२२ को फेब्रुअरीयता कम्तिमा ५२५ बालबालिकाको मृत्यु भएको छ। त्यस्तै, एक हजार ४७ जना घाइते भएका छन्।
“दुःखको कुरा, विश्वले अन्तर्राष्ट्रिय बाल दिवस मनाइरहँदा युक्रेनमा उत्सव मनाउने पर्याप्त ठाउँ छैन, जहाँ बालबालिकालगायत सर्वसाधारणले ठूलो मूल्य चुकाउनु परेको छ,” मिसनकी प्रमुख माटिल्डा बोगनरले भनिन्।
यद्यपि, युक्रेनको रक्षा मन्त्रालयले विभिन्न तथ्यांकलाई उद्धृत ४८४ बालबालिकाको मृत्यु भएको र ९९२ जना घाइते भएको उल्लेख गरेको छ।
रुसले हालैका हप्तामा युक्रेनको राजधानी र अन्य भूभागमा आक्रमणलाई तीव्रता दिएको छ। गत महिना मात्रै रुसले किभमा १७ वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीन्युजले जनाएको छ।
रुसले आक्रमण शुरू गरेयता बारम्बार ड्रोन र क्षेप्यास्त्रमार्फत किभलाई निशाना बनाएको छ। अधिकांश ड्रोन तथा क्षेप्यास्त्रहरू खसालिएको भए तापनि धेरै किभवासीहरू विस्फोटको आवाजका कारण हप्तौँसम्म निदाउन नसकी चिन्तित र थकित रहेको बताइएको छ। बिहीबारको आक्रमणबाट अपार्टमेन्ट भवन, स्वास्थ्य संस्था, पानीको पाइपलाइन, सवारी साधनसहितका संरचनामा क्षति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
