चितवनतर्फ १७ र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ। गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बनाउने योजना छ।
भरतपुर– मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नति शुरू भएको छ। नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम थालिएको हो।
३९ किलोमिटर लामो सडकको पहिलो चरणको काम भइरहेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख किरण कार्कीले जानकारी दिए। शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नतिको जिम्मा पाएको छ।
चितवनतर्फ १७ र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ। सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ। बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए। बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ। यो खण्डमा पुल निर्माण पनि भइरहेको छ।
मलेखुसम्म छ वटा पुल निर्माण हुनेछन्। गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन्। यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन्। मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल बनाउने योजना छ। आयोजनाको यो खण्ड चार अर्ब ८० करोड लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो। केही ठाउँमा रुख काट्न बाँकी छ। यो खण्डमा ३५० वटा रुख काटिने छन्।
“यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ,” प्रमुख कार्कीले भने, “पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ।” कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ।
संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्र गतिमा काम अघि बढाएको छ।
विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तार थालिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
