देश जसपाको अजेन्डामा अगाडि बढिरहेको छ: उपेन्द्र यादव

जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीका रूपमा स्थापित भएको यादवको भनाइ छ।

इनरुवा– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको अजेन्डामा अगाडि बढिरहेको बताएका छन्।

सुनसरीको इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष यादवले नागरिकता समस्या समाधान जसपाले नै गरेको दाबी गरे। देशको परिवर्तनकारी आन्दोलन र संघर्षले संघीयता, पहिचानसहितको मधेश प्रदेश, सुशासन र समृद्धि सम्भव भएको उनको भनाइ छ।

“हामी नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेका छौँ,” उनले भने, “समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएका छौँ।”