प्रधानमन्त्री दाहालले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिने कार्यक्रम छ।
इन्दोर– भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत इन्दोर पुगेका छन्।
इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा प्रधानमन्त्री दाहाललाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका छन्। सो अवसरमा विमानस्थल बाहिर उनलाई स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो।

सडकमा उभिएका नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थलबाट प्रधानमन्त्री दाहाल उज्जैनमा रहेको महाकालेश्वर मन्दिर गएर वास्तुकलाको अवलोकन गर्नेछन्।
उनले मध्यप्रदेशका गभर्नर मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यहाँ रहँदा स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन्। आजै प्रधानमन्त्री दाहालको सम्मानमा मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्नेछन्।
यस्तै टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल शनिबार नै स्वदेश फर्किने कार्यक्रम छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
