कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्।
कांग्रेस महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताएका हुन्।
प्रेस युनियन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “केही दिनको बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्त्वपूर्ण, दीर्घकालीन महत्त्वको र जनचासोको निर्णयहरू गर्यो। आममाफीको विषय, नागरिकता, प्रदेश सरकारमा कांग्रेसको सहभागिताका लागि मन्त्रालय तोडफोड गर्ने विषय, सांसद विकास कोषको सन्दर्भ, यस्ता कैयन् विषयहरू छन्, जुन विषयहरू मैले लङलिस्ट भन्न सक्छु। यी सबै विषयहरूका सन्दर्भमा नेपाली कांग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरू हो।”
पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूलाई सैह्य नहुने उनले बताए। उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता–कार्यकर्तालाई आह्वानसमेत गरे। “पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरी गरिएका निर्णयहरूको भारी प्रकारान्तरले पार्टीका तमाम सदस्यहरूले बोक्नुपर्ने जुन स्थिति बनेको छ, यो गर्नेक्रमलाई रोक्ने हो। यो गर्नेक्रमलाई अब लडेर रोक्ने हो। जुधेर रोक्ने हो। संघर्ष गरेर रोक्ने हो,” उनले भने।
महामन्त्री थापाले आफूले विगतमा पार्टी सभापति देउवाका एकल निर्णयहरू मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो हुन नदिने पनि पटकपटक दोहोर्याए। कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाइ थियो। महामन्त्री थापाले पार्टीलाई ‘दाइ’हरूको पार्टीका रूपमा नभई तल्लो तहका कार्यकर्ताहरूको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणासमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
