नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा चीनले चासो राखेको बताएका छन्।
काठमाडौँ– द्वन्द्वकालीन न्याय निरूपणका विषयमा चीन सरकारले चासो देखाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा चीनले चासो राखेको बताएका हुन्।
उनले भ्रमणका क्रममा शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन चीन सरकारले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको बताए। उनले चीन–नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहार्द र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। भेटमा चीन सरकारका तर्फबाट विभिन्न प्रतिनिधिहरूले नेपालका समस्या खुला रूपमा राख्न सके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको उनको भनाइ छ।
उनका अनुसार भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख, विभिन्न प्रान्तका सेक्रेटरी र सरकार प्रमुखलगायतसँग भएको भेटमा दुई देशका बीचमा देखा परेका समस्याका बारेमा छलफल भएको थियो। “उहाँहरूले नेपालको शान्ति प्रक्रियाको बारेमा पनि चासो राख्नुभएको थियो। हामीले तपाईंहरूले सहज गर्नुपर्छ भनेका छौँ, उहाँहरूले हामीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौँ, असल मित्रको हैसियतले सबै कुरा भनिदिनुभयो भने सहयोग गर्न सहज हुन्थ्यो भन्नुभयो,” उनले भने।
उपाध्यक्ष सापकोटाले भेटमा नेपाल र चीन नाका सुव्यवस्थित रूपमा सञ्चालन गर्ने कुरामा पनि छलफल भएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
