सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाउने गरिन्छ।
गण्डकी– पर्यटकीय नगरी पोखराको विश्वव्यापी रूपमा चर्चासँग जोडिएको हिमाल हो, अन्नपूर्ण। हिमाल आरोहणका क्षेत्रमा जेठो हिमालका रूपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ।
सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। पहिलो पटक अन्नपूर्ण आरोहण गरेको दिन जुन ३ लाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाउने गरिन्छ।
पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ दिवस मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए।
“गण्डकीको स्थापनाको ३० वर्षयता अन्नपूर्ण आरोहण दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ,” उनले भने, “अन्नपूर्ण आरोहण दिवस नेपालकै पर्वतीय पर्यटनको विशिष्ट दिन हो।” नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेको पर्यटन विभागको तथ्यांक छ।
अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएकाले यस दिवसको गरिमा र महत्त्वलाई जीवन्त राख्नु अपरिहार्य भएको पन्थी बताउँछन्। फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८०९१ मिटर रहेको छ।
आरोहणका दृष्टिले कठिन भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यसले पर्वतारोहणका क्षेत्रमा विश्वकै जेठो हिमालको उपाधि हासिल गरेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष सोम थापाले बताए। विश्वबजारमा अन्नपूर्ण हिमालको महत्त्वलाई अझै उजागर गर्दै यसको पर्वतीय पर्यटनका क्षेत्रमा बजारीकरण गर्नु जरुरी रहेको उनको भनाइ छ। अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखराले पर्यटकीय स्थलका रूपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा थप चासो र चर्चा पाएको हो।
सन् १९५० अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्र रहेकोमा अन्नपूर्ण हिमालको आरोहणसँगै यहाँको पर्यटकीय विकासको औपचारिक शुरूआत भएको थापाले बताए। हर्जोगले पोखरासहित नेपाललाई विश्वभर चिनाउने काम गरेको बताउँदै थापाले त्यसपछि मात्र नेपालका हिमालबारे अध्ययन–अनुसन्धान शुरू भएको बताए।
दिवसका दिन टान गण्डकीले अन्नपूर्ण हिमालका काखमा अवस्थित एक पर्यटकीय गाउँको प्रवर्द्धन गर्दै आएको छ। यस वर्ष मर्दी हिमाल पदमार्गअन्तर्गत हेम्जा मेलबोटदेखि आस्तामसम्म छोटो दूरीको पदयात्रासँगै पदमार्गको सरसफाइसमेत गरिने पन्थीले जानकारी दिए।
यस्तै अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म (४२.१९५ किमी) अन्नपूर्ण म्याराथन हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए।
म्याराथनका लागि विदेशी धावकसहित ५६ जना शुक्रबार नै आधार शिविर पुगिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
