सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यलगायत कारणले यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने बताइएको छ।
स्याङ्जा– पुतलीबजार–१४ सतौँकोटमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने क्रममा सतौँकोटबाट परीक्षण उडान गरिएको हो।
सतौँकोटमा ‘टेकअप प्वाइन्ट’ आँधीखोलाको किनारमा ‘ल्यान्डिङ प्वाइन्ट’ बनाइएको छ। सतौँकोटबाट उडेर गैरीजाँगर र चारखुट्टे पुलको मुखमध्ये एक ठाउँमा अवतरण गर्न सकिन्छ।
बाबु अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्कुल, बाबु एडभेञ्चर क्लब, रोडसाइड प्याराग्लाइडिङको प्राविधिक व्यवस्थापन, पुतलीबजार नगरपालिका र स्थानीय चण्डीकालिका सुव्यवस्था समितिको व्यवस्थापन तथा सहयोगमा परीक्षण उडान गरिएको बाबु एडभेञ्चर क्लबका अध्यक्ष जंग केसीले बताए।
“सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ,” उनले भने, “यसको प्रचारप्रसार र व्यवस्थापनमा जोड दिई क्रमशः व्यावसायिक उडानको तयारी गर्ने छौँ।” सतौँ कोटमा प्याराग्लाइडिङको सम्भावना देखेर परीक्षण उडान गरिएको र सफल भएसँगै व्यावसायिक उडानको तयारी थालिएको उनले बताए।
जिल्लामै सञ्चालनमा रहेका कम्पनी तथा बाहिरी कम्पनीले पनि यहाँबाट व्यावसायिक उडान गर्न सक्नेछन्। ‘टेकअप’ र ‘ल्यान्डिङ’ प्वाइन्ट सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, राम्रो हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यले मनमोहक भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने उनको विश्वास छ।
पर्यटकीय नगरी पोखराबाट एक घण्टा दूरीमा रहेको यस स्थानबाट ‘स्लो र टेन्डम’ दुवै किसिमको उडान गर्न सकिन्छ। जिल्लाका अन्य भागमा पनि प्याराग्लाइडिङ गर्न सकिने प्रशस्तै सम्भावनाका ठाउँ भएर पनि सञ्चालनमा आउन सकेका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
