लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार आर्थिकमन्दीको मारमा रहेका कारण सटहीमा समस्या उत्पन्न भएको हो।
झापा– पूर्वीनाका काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णय लगत्तै सटहीमा समस्या देखिन थालेको हो।
एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो। त्यस लगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका छन्।
पूर्वमेची बस व्यवसायी संघका अध्यक्ष विष्णुकुमार श्रेष्ठले काँकडभिट्टामा भारुको कारोबार हुन छाडेको र मनी एक्सचेन्जरले पनि भारु साट्दा अतिरिक्त कमिसन असुल्न थालेको बताए। भारु एक लाख सटही गर्दा चार हजार रुपैयाँ कमिसन दिनुपरेको उनको भनाइ छ।
काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीको यातायात सेवा प्रदान गर्दै आएका भाडाका बस, माइक्रो तथा साना गाडीमा ‘भाडा तिर्दा भारु नोट नदिनुहोला’ भन्ने सूचना टाँस्न थालिएको छ। स्थानीय पेट्रोल पम्पमा पनि भारु नोटमा भुक्तानी नलिइने सूचना टाँसिएको छ।
काँकडभिट्टा, भद्रपुर, गौरीगन्ज, केचना, बाहुनडाँगीलगायत नाका र बजारमा विगतमा जस्तो भारुमा लेनदेन हुन छाडेको स्थानीयले बताएका छन्। नेपाली व्यवसायीले सेवा तथा वस्तुको भुक्तानी लिँदा र दिँदा भारु नोट लिन छाडेका छन्। लुकीछिपी ठूलो मात्रामा भारुका नोट नेपाल भित्रिएको र नेपाली बजार चर्को आर्थिक मन्दीको मारमा रहेका कारण बिक्री घट्दा बजारमा सटहीमा समस्या उत्पन्न भएको मनी एक्सचेन्जर व्यवसायी बताउँछन्।
मेची मनी एक्सचेन्जर व्यवसायी संघका अध्यक्ष विष्णु मैनालीले बजारमा भारु नोट छ्यापछ्याप्ती भएको जनाउँदै सटहीका लागि व्यवसायीसँग पर्याप्त नेपाली रुपैयाँ नभएको बताए। “भारु सटही हुनछाडेको भन्ने हल्ला मैले पनि सुनेको छु । तथापि सटही नै बन्द भएको वा भारु चल्नै छाडेको भन्ने कुरा सत्य होइन,” संघका अध्यक्ष मैनालीले भने, “बोर्डरमा जोसँग पनि भारु नोट हुन्छ। नेपालमा व्यवसाय मन्दीका कारण ठप्पजस्तै छ। यस्तो बेला भारु किन्न आउने कोही छैनन्। भारु बेच्ने धेरै भए, किन्ने नहुँदा समस्या देखिएको मात्र हो।”
काँकडभिट्टामा ३२ वटा अनुमतिप्राप्त मनी एक्सचेन्जर व्यवसायी भएको जनाउँदै नेपाल राष्ट्र बैंकले तोकेको सटही दरभन्दा तलमाथि गरेर कसैले पनि कारोबार गर्न नहुने उनले बताए। आर्थिकमन्दीका कारण मनी एक्सचेन्जर व्यवसाय संकटबाट गुज्रिरहेको र कतिपय व्यवसायी पलायनको अवस्थामा पुगेको उनको भनाइ छ।
सटहीमा कठिनाइ हुँदा भारतमा रोजगार गरेर फर्कने नेपाली सीमा क्षेत्रमा सकसमा परेका छन्। भारतको सिलगुडी, सिक्किम, मेघालय, मुम्बई, कोलकाता, केरला र चेन्नईमा रोजगारी गर्ने नेपाली काँकडभिट्टा नाका भएर स्वदेश फर्किने गर्छन्। मेघालयबाट फर्केका दैलेख दुल्लुक किसनकुमार शाहीले एउटा होटेलको सहयोगमा प्रतिहजार ४० का दरले ‘बट्टा’ दिएर मनी एक्सचेन्जरबाट मुस्किलले भारु सटही गरेको बताए।
भारतको आसाम, पश्चिम बंगाल, सिक्किम र विहारबाट झापाको आँखा अस्पतालमा ठूलो संख्यामा आउने भारतीयले उपचार खर्च भारुमै दिँदै आएका छन्। काँकडभिट्टा क्षेत्रमा क्यासिनो व्यवसायमार्फत पनि ठूलो मात्रामा भारु नोट नेपाल भित्रिने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
