गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई खेर जान नदिने बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अनुसन्धानलाई त्यतिकै खेर जान नदिने बताएका छन्।
शनिबार काठमाडौँमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान स्वतन्त्र र निष्पक्ष रूपमा गरी दोषीमाथि कारबाहीका लागि प्रक्रिया अगाडि बढेको बताएका हुन्।
“आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ सम्पत्ति आर्जन गर्नका लागि अर्को देशमा शरणार्थी बनाएर पठाउने जुन योजना थियो, त्यो योजनामाथि अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रूपमा गरेर दोषीलाई कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेश गर्ने प्रक्रिया भएको छ। हामी आशा गर्छौं, पीडितलाई न्याय दिने, हाम्रो अनुसन्धान खेर जाने छैन,” उनले भने। उनले आफू ‘राम्रो काम गरेँ’ भनेर विश्राम गरेर नबस्ने पनि बताए।
उपप्रधानमन्त्री श्रेष्ठले जुनसुकै पार्टीको नेता भए पनि भ्रष्टाचार र अनियमिततामा दोषी भेटिए कारबाहीमा पर्ने दाबी गरे। उनले सुशासन स्थापना गर्दा आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका नेताहरू भ्रष्टाचार तथा अनियमितताका काण्डमा परे कारबाही गर्न पछि नहट्ने बताए।
“हामी सुशासनको स्थापना गर्दा कुन पार्टीको को पर्छ मलाई थाहा छैन, आज कुनै एउटा पार्टीको होला, भोलि मेरै पार्टीको माओवादीको कोही पर्ला, भ्रष्टाचार काण्डमा, अनियमितताको काण्डमा परे भने आश्चर्य नमान्नुहोला। छुट दिइने छैन,” उनले भने।
कसैले सरुवाबढुवाको निम्ति अनियमितता गरेर रकम दिने/लिने गर्ने दुवैलाई जेल हाल्ने उनको भनाइ छ। उनले आफू सयौँ पटक चुनाव हार्न तयार रहेको तर निष्पक्षता र संवैधानिक मूल्य मान्यता बिर्सिन नसक्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
