भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।
काठमाडौँ– भारतको चारदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। शनिबार साँझ प्रधानमन्त्री दाहालसहितको उच्चस्तरीय प्रतिनिधिमण्ड काठमाडौँ आइपुगेको हो।
यसअघि नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनजलाई बिदाइ गरेकी थिइन्।
प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए। पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री दाहालको यो पहिलो भारत भ्रमण हो।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता गरेका थिए। त्यस्तै, प्रतिनिधिमण्डलस्तरीय छलफलसमेत भएको थियो।
भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग समेत शिष्टाचार भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री दाहाल राजनीतिक भेटघाटपछि भारतको मध्यप्रदेशस्थित इन्दौर शहरमा पुगी त्यहाँको फोहोर व्यवस्थापनको बारेमा जानकारी लिएका थिए। साथै उनले विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकनसमेत गरेका थिए। प्रधानमन्त्री दाहाल शनिबार नै इन्दौरबाट नयाँदिल्ली फर्किएका थिए।
भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सात वटा सम्झौता एवं समझदारीमा हस्ताक्षर भएको बताइएको छ।
प्रधानमन्त्री दाहाल स्वदेश फर्किनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विरोध प्रदर्शन भएको थियो। विरोध प्रदर्शनमा उत्रिएका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीले राष्ट्रपतिबाट हालै प्रमाणीकरण भएको नागरिकतासम्बन्धी ऐन खारेज गर्नुपर्ने लगायतका नारा लगाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
