बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका सुजन अर्याल र मालिका–८ सिमलटारीका प्रकाश पन्थीको मृत्यु भएको छ।

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा शनिबार राति भएको सवारी दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक ठक्कर खाएर दुर्घटना भएको हो।

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका सुजन अर्याल र मालिका–८ सिमलटारीका प्रकाश पन्थीको मृत्यु भएको प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।

दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।