दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ। ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नै घटनास्थलमा पुगेर दुर्घटनाबारे जानकारी लिएका छन्।
भारतको पूर्वी राज्य ओडिशामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ। अन्य ८०३ जना घाइते भएका छन्।
टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ।
घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ। दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ। दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ। ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ।
ओडिशा राज्यको राजधानी भुवनेश्वरबाट १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ दुर्घटना भएको हो। पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो। यात्रुवाहक रेल कोरोमन्डल एक्सप्रेसको १२ वटा डिब्बा रेल्वे लिकबाट बाहिरिएर पल्टिएका थिए।
त्यही बेला अर्को रेल्वे लाइनबाट आइरहेको अर्को रेल पहिले नै उछिट्टिएका डिब्बासँग ठोक्किन पुगेको थियो। तेस्रो रेल यशवंतपुर–हावडा एक्सप्रेस हो। दुर्घटनापछि उक्त ट्रेनको १७ वटा डिब्बा लिकबाट बाहिरिएका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नै घटनास्थलमा पुगेर दुर्घटनाबारे जानकारी लिएका छन्। उनले घाइतेहरूलाई पनि भेटेका छन्। रेलमन्त्री अश्विनी वैष्णव घटनास्थलमै छन्।
सरकारले मृतक परिवारलाई १० लाख र घाइतेलाई दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ।
#WATCH | Odisha: Aerial visuals from ANI’s drone camera show the restoration work underway at the site where the horrific #BalasoreTrainAccident took place. pic.twitter.com/QtLWITBMII
— ANI (@ANI) June 4, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
