बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू हुने कार्यसूची छ।
काठमाडौँ– प्रतिनिधिसभा बैठकमा आजदेखि बजेटमाथि छलफल शुरू हुँदै छ।
संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्। त्यसपछि छलफल शुरू हुने संसद् सचिवालयले जनाएको छ।
यस्तै, बैठकमा पूर्वसांसद मीना पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। यता प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग गर्ने तयारी गरेको छ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले जवाफ माग गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीले दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेकबारे विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
