रास्वपा प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकताविहीनलाई नागरिकता दिन नभई अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए। “यस (नागरिकता ऐन)ले मधेशका ती तमाम नागरिकताविहीन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ। हामी यसको घोर विरोध गर्दछौँ,” उनले भने।
उनले नागरिकता देशको सुरक्षा, मानवअधिकार र भूराजनीतिसँग जोडिएको विषय भएकाले यसलाई संसद्मा छलफल नगरी प्रमाणीकरणमा जानु नहुने बताए। उनले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद् र सडकमा संघर्ष गर्न तयार रहेको तर सरकारले आफ्नो विधि सुधार्नुपर्ने बताए।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर थाँती राखेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि अहिले त्यसको विरोध भइरहेको छ। सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
