एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितरक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितरक्षापछि मात्रै संसद्मा भएको अवरोध हट्ने बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसहेत रहेका ओलीले संविधान र भूमिरक्षापछि मात्रै संसद्को गतिरोध हट्ने बताएका हुन्। “राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ,” उनले भने।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर थाँती राखेको नागरिकता विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि त्यसको विरोधमा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् बैठक अवरुद्ध पारेका छन्। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
त्यस्तै, एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर पनि विरोध जनाएको छ। प्रधानमन्त्री दाहालले भारतको चारदिने औपचारिक भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहसम्मको रुट उपलब्ध गराए कालापानी र लिपुलेकबारे विचार गर्न सकिने अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री दाहालको सो अभिव्यक्तिको आलोचना भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
