प्रधानमन्त्रीलाई भारत भ्रमणबारे प्रश्न गर्ने क्रममा रास्वपा सांसद शिशिर खनालले 'प्रधानमन्त्री भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नोकझोक भएको छ।
काठमाडौँ- भारत भ्रमण र नागरिकता विधेयकबारे प्रधानमन्त्रीको सम्बोधनपछि त्यसबारेमा प्रश्न सोध्ने क्रममा रास्वपा सांसद् शिशिर खनालले 'प्रधानमन्त्री दाहाल भारतबाट भैँसी चढेर आएको' अभिव्यक्ति दिएपछि सदनमा सत्तापक्ष र विपक्षी दलबीच नोकझोक भएको छ।
'आफूहरूले प्रधानमन्त्री विमान चढेर पोखरा विमानस्थल झर्नुहुन्छहोला भनेर अपेक्षा गरे पनि दुर्भाग्यवश भैँसी चढेर आउनु परेको कुरा आए' भनेर अभिव्यक्ति दिएपछि माओवादी सांसदहरूले आपत्ति जनाएका थिए। उनले बोल्दाबोल्दै प्रमुख सचेतक हितराज पाण्डेलगायत माओवादी सांसदले नियमापत्ति जनाएका हुन्।
सत्ता पक्षका सांसद उठेर नियमापत्ती गरेलगत्तै प्रतिपक्षी दलका सांसद पनि उठेका थिए। त्यसक्रममा सभामुखले एमालेका सूर्य थापालाई बोल्न समय दिएका थिए। उनले सत्तापक्षले सांसदहरूको बोल्न पाउने हक खोसेको भन्दै संसद्मा 'दादागिरी' देखाइएको बताएका थिए।

उनले दादागिरी शब्द प्रयोग गरेपछि माओवादी सांसदहरू आक्रोशित भएका थिए। त्यसपछि दुवै पक्षले होहल्ला गरेपछि सभामुखले पालो गरेर नबोल्दा रुलिङ गर्न नसकिएको बताएका थिए।
त्यसपछि सभामुखले खनालले भनेको 'भैँसी चढेर आएको' शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। तर, रास्वपालगायत प्रतिपक्षले आपत्ति जनाएका थिए।
त्यही क्रममा सभामुख घिमिरेले एमालेका रघुजी पन्तलाई बोल्न समय दिएका थिए। पन्तले सभामुखलाई प्रधानमन्त्री दाहालले रोष्ट्रमबाटै भैँसी चढेर आएको बताएको भन्दै उनका शब्द पनि हटाउन आग्रह गरेका थिए। त्यसपछि बोल्ने रास्वपाका रवि लामिछानेले पनि प्रधानमन्त्रीले बोलेको उक्त शब्द पनि हटाउन माग गरे। उनले पनि सत्तापक्षले दादागिरी गरेको बताएका थिए।

त्यसपछि, सभामुखले 'भैँसी चढेर आएको' शब्द जसले बोले पनि हटाउन निर्देशन दिए। तर, माओवादी सांसदहरूले त्यसको विरोध गरेर उभिएका थिए। सत्ता पक्ष र विपक्षी सांसद्हरू नै उठेर होहल्ला गरे। लगत्तै, सत्तापक्षका सांसद आआफ्नो ठाउँमा बसेका थिए।
सभामुख घिमिरेले प्रधानमन्त्रीले भैँसी चढेर आएको नभनी आफूलाई पनि भैँसी चढाएको भनेको र प्रधानमन्त्री भैँसी चढेर आएको कुरा रेकर्डमा बस्नु उपयुक्त नहुने हुँदा हटाउन निर्देशन दिएको बताउँदै बस्न आग्रह गरेपछि सदन सुचारु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
