नेतान्याहुको पार्टीले संसद्मा ३२ सिट जितेको छ भने उनीसँग गठबन्धनमा रहेको दलले १४ सिट जितेको छ। योसँग नेतान्याहु पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
इजरायलमा यसै सातासम्पन्न आम निर्वाचनमा लिकुड पार्टीको बहुमत आएसँगै बेन्जामिन नेतन्याहूलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। यसअघि १५ वर्षसम्म इजरायलको प्रधानमन्त्री बनेको नेतन्याहूलाई पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।
नेतन्याहू इजरायली इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति हुन्। उनी सन् २००९ देखि २०२१ सम्म प्रधानमन्त्री बनेका थिए। त्यतिबेला पनि उनलाई रिलिजियस जियोनिजम पार्टीको समर्थन थियो। नेतन्याहू पहिलोपटक सन् १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए।
नोभेम्बर १ तारिखमा सम्पन्न इजरायलको आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी नेतृत्वको गठबन्धनले सबैभन्दा बढी मत ल्याएको हो। योसँगै १२० सिट रहेको इजरायली संसदमा लिकुड नेतृत्वको गठबन्धनले ६४ सिट जितेको छ।
संसदमा लिकुड पार्टी एक्लैको ३२ सिट छ। लिकुड पार्टीसँग गठबन्धन गरेको चरम दक्षिणपन्थी रिलिजियस जियोनिजम पार्टीले १४ सिट जितेको छ। सरकार गठनका लागि महत्वपूर्ण सो पार्टीले सरकारका सुरक्षालगायत महत्वपूर्ण जिम्मेवारीमा बलिया अडान राख्ने आकलन छ।
आम निर्वाचनको यो नतिजाले सन् २०१९ पछिको राजनीतिक अस्थिरताको अन्त्य गरेको बीबीसीले उल्लेख गरेको छ।
वर्तमान इजरायली प्रधानमन्त्री याइर लापिडले नेतन्याहूलाई बधाइ तथा शुभकामना दिएका छन्। साथै, उनले संगठितरूपमा शक्ति बाँडफाँड गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
“कुनै पनि राजनीतिक विचारधाराभन्दा अघि इजरायलको राज्य अगाडी आउँछ। इजरायल र यहाँका जनताका लागि मैलै नेतन्याहूको सफलताको कामना गर्दछु”, लापिडले भने।
सरकारबाट बाहिरिएको १४ महिनापछि नेतन्याहू पुनः सरकारमा सहभागी हुन लागेका छन्। अब इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सरकार गठनका लागि नेतन्याहूलाई आग्रह गर्नेछन्। नयाँ सरकार गठनको प्रक्रिया आगामी सातादेखि शुरू हुनेछ।
सरकार गठनका लागि नेतन्याहूसँग २८ दिनको समय रहनेछ।
रिलिजियस जियोनिजम पार्टीले यसअघि आफू सरकारमा गए ‘भ्रष्टाचारी’ र ‘विश्वास तोड्नेहरू’लाई हटाउने प्रतिबद्धता गरेको थियो। यो विषय पूर्वप्रधानमन्त्री नेतन्याहूमाथि लागेका अपराधहरूसँग सम्बन्धित छ। घुस लिएको र भ्रष्टाचार गरेको आरोप नेतन्याहूमाथि छ। यसविषयमा उनी सुनुवाईको क्रममै छन्।
यसम्बन्धमा आगामी मंगलबार सुनुवाई हुने तयारी छ। तर नेतन्याहूले आफूमाथिको आरोपको खण्डन गरेका छन्। यस्तोमा सो पार्टीले नेतन्याहूको विषयलाई कसरी हेर्छ भन्नेकुरा प्रतीक्षाको विषय बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
