तस्वीर कथा: नाटकमा बुद्ध र भिखारी

'बुद्ध र भिखारी' नैतिक कथामा आधारित कला स्याडो पपेट्री नाटक हो। एउटा भिखारी केही प्रश्नहरु बोकेर बुद्धलाई भेट्न हिँडेको यात्राको कथा यसमा छ।

काठमाडौँ- मण्डला थिएटर थापागाउँमा नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ। छायामा कठपुतली नचाएर भनिएको नैतिक कथामा आधारित यो कला स्याडो पपेट्री नाटक हो।

एउटा भिखारी केही प्रश्नहरु बोकेर बुद्धलाई भेट्न हिँडेको यात्राको कथा यसमा छ। भिखारीले यात्रामा भेट भएका पात्रहरूसँग संवाद गर्दै नाटक अगाडि बढेको छ। सेतो पर्दामा प्रकाश संयोजनमार्फत् बनेको सिल्वेट (कालो आकृति) नै नाटकका पात्रहरु हुन्।

चेतन आङथुपोको परिकल्पनामा तयार भएको यो नाटकमा रूपेश लामा, सञ्जीव योगी, मोहन राई, नवीनचन्द्र अर्याल, वेदना राई, प्रतिना राई, प्रविन मगर, सुनिल तामाङ, सौजन सेनेहाङ लगायतका कलाकारहरू आबद्ध छन्। नाटकको निर्देशन अनिल सुब्बाले गरेका हुन्।