पछिल्लो पाँच महिनामा ६७ देशका करिब पाँच लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२२ को सोही अवधिमा तीन लाख ६२ हजार पर्यटक आएका थिए।
लुम्बिनी– लुम्बिनीमा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ। सन् २०२३ जनवरीदेखि मे महिनासम्म चार लाख ७० हजार ५४२ जना पर्यटक लुम्बिनी भित्रिएका छन्।
सन् २०२२ को सोही अवधिमा तीन लाख ६२ हजार ५६ जना आएका थिए। लुम्बिनी विकास कोषका अनुसार पछिल्लो पाँच महिनामा ६७ देशका ३४ हजार ४१३ जना राहदानी लिएका, तीन लाख २४ हजार २६८ नेपाली र एक लाख ११ हजार ८६१ भारतीय नागरिकले बुद्ध जन्मस्थलको भ्रमण गरेका हुन्।
गत वर्ष दुई हजार ६८७ राहदानी लिएका, दुई लाख ८९ हजार ५९४ नेपाली र ६९ हजार ७७५ भारतीय नागरिकले भ्रमण गरेका थिए। पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार २४७, श्रिलंकाका पाँच हजार ७२१, म्यानमारका पाँच हजार ३९८, भियतनामका तीन हजार २३५, कोरियाली दुई हजार ६२९, चिनियाँ एक हजार २०८ र अन्य देशका सात हजार ६७५ जना राहदानीवाहक नागरिक लुम्बिनी आएका छन्।
कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार १९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए। त्यसैगरी २०२० जनवरीमा १३ हजार १०७, फेब्रुअरीमा २१ हजार ६६७ र मार्चमा आठ हजार ३६३ जनाले लुम्बिनी भ्रमण गरेको कोषको तथ्यांक छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटकको वृद्धि सकारात्मक सन्देश रहेको बताए। “यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ,” उनले भने।
यो तथ्यांक मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो। मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उनको भनाइ छ। लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। यसलाई युनेस्कोले विश्व सांस्कृतिक धरोहरको सूचीमा समावेश गरेको छ।
पर्यटक वृद्धिसँगै पर्यटन व्यवसाय पनि फस्टाउँदै गएको लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
