राष्ट्रियसभाको बैठक स्थगित, बुधबार बस्ने

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची थियो। 

फाइल तस्वीर।

काठमाडौँ– राष्ट्रियसभाको बैठक स्थगित भएको छ। मंगलबारका लागि तय भएको बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

मंगलबार बोलाइएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विशेष कारणवश बुधबारका लागि निर्धारण गरेको सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम थियो।

त्यस्तै, सरकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची थियो।