राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सबै किसिमका आमविनाशका हतियारहरू निःशस्त्रीकरणको पक्षधर भएको बताएका छन्।
काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सबै किसिमका आमविनाशका हतियारहरू निःशस्त्रीकरणको पक्षधर भएको बताएका छन्। आणविक प्रतिबन्ध सन्धि संगठन (सीटीबीटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएडसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाल हात–हतियार दौडविरुद्धमा रहेको बताएका हुन्।
कार्यकारी सचिव फ्लोएडबीच सिंहदरबारस्थित संसद् सचिवालयमा शिष्टाचार भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले भने, “सबै प्रकारका हतियारको निःशस्त्रीकरण नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण पक्षका रूपमा रही आएको छ। नेपाल हात–हतियार दौडविरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्ध र सम्पूर्ण निःशस्त्रीकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरूप्रति पनि ऐक्यबद्धता जनाउँदछ।”
अध्यक्ष तिमिल्सिनाले संसद्को चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सीटीबीटीयो सन्धि अनुमोदनका लागि संसद्मा प्रस्तुत गरेमा संसद् त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिए। उनले सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरूको उल्लेख्य संख्याले नेपाल प्रोत्साहित भएको बताए। नेपाल शान्ति र अहिंसाका प्रवर्द्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराए।
सीटीबीटीयोका कार्यकारी सचिव फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपूर्वी एशियाका धेरै देशहरूले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
