९० वर्ष पुरानो टर्कीको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले यति ठूलो परिमाणमा नयाँ विमानहरु थप्न महत्वाकांक्षी योजना ल्याएको हो।
टर्कीको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी टर्किस एयरलाइन्सले केही महिनाभित्र ६०० नयाँ बिमान थप्ने भएको छ। उक्त कम्पनीले ४०० न्यारोबडी र २०० वाइडबडी विमानहरू किन्न लागेको हो।
कुल ६०० जेटहरू अर्डर गर्ने अन्तिम निर्णय हुन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिर्कत (सीईओ) अहमत बोलातलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। टर्किस एयरलाइन्सका अध्यक्ष अहमत बोलातले सोमबार इस्तानबुलमा भएको पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। ९० वर्ष पुरानो टर्कीको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले यति ठूलो परिमाणमा नयाँ विमानहरु थप्न महत्वाकांक्षी योजना ल्याएको हो।
सीईओ बोलातले विमान खरिदसम्बन्धी निर्णयमा पुग्न थप दुई महिना लाग्ने बताएका थिए। भर्खर टर्कीमा भएको चुनावका कारण निर्णयका लागि पर्खनुपरेको उनले उल्लेख गरेका छन्। बोलातका अनुसार टर्किस एअरलाइन्सले बोइङ म्याक्स र एयरबस ए–३२० नियो परिवारका विमान १७०–१७५, बोइङ ७८७, एयरबस ए ३५०, एयरबस ए ३५०–१००० र बोइङ न्यारोबडी विमानका लागि सम्झौता गरिरहेको छ। टर्किस एयरलाइन्सले गत अप्रिलमा सन् २०३३ अर्थात् अर्को दस वर्षसम्मको लागि आफ्नो रणनीति परिमार्जनको घोषणा गरेको थियो। (एजेन्सीहरु)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
