नवप्रवेशी क्लब चर्च ब्वाइजले थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ।
काठमाडौँ– नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। गत वर्ष शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइजले मंगलबार थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै उपाधि जितेको हो।
चर्च ब्वाइजले जारी लिगमा एक खेल बाँकी छ। बराबरीसँगै चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बटुल्यो। एक खेल कम खेलेको मछिन्द्रको ३९ अंक रहेको छ।
खेलको १७औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लिने मौका गुमायो। अञ्जन विष्टको लामो हाइ पासलाई ६ यार्डबाट आशिष चौधरीले हेडर गरेका थिए। तर, थ्रीस्टारका गोलरक्षक अरुण ब्लोन मुस्किलले बचाए। २१औँ मिनेटमा क्विक थ्रोबाट प्राप्त बललाई थ्रीस्टारका डिफेन्डर अशोक खवासले मध्यभाग तलबाट अगाडि बढाएका थिए। उनले चर्च ब्वाइजको डिबक्सभित्र मार्टिन अजयीलाई बल पास दिएका थिए। तर, उनले प्रहार गरेको बल फस्ट बारनजिकबाट बाहिरियो।
२८औँ मिनेटमा चर्चले अर्को मौका खेर फ्याँक्यो। एरिक विष्टले प्रहार गरेको फ्रिकिकलाई ६ यार्डभित्र रहेका कप्तान अनन्त तामाङले हेडर गरेका थिए। तर, ड्राइभ गर्दै अरुणले पञ्च गरे। उक्त बललाई थ्रीस्टारका डिफेन्डरले बाहिर पठाएपछि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७५औँ मिनेटमा अशोक खवासले दिएको लामो पासलाई अनिल महर्जनले पहिलो बार नजिकबाट हेडर गरे। तर, बाहिरियो।
८५औँ मिनेटमा अनिल महर्जनले लामो प्रहार गरेका थिए। उक्त प्रहारलाई प्रिसोले पञ्च गरे। बराबरीसँगै थ्रीस्टारलाई रेलिगेसनको दबाब थपिएको छ। एक खेल खेल्न बाँकी रहँदा १२औँ स्थानमा रहेको थ्रीस्टार रेलिगेसन जोनमा रहेको एफसी खुमलटारको भन्दा एक अंक बढी रहेको छ। थ्रीस्टारले अन्तिम खेल जावालाखेल युथ क्लबसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
