बागलुङको ढोरपाटन गरेपालिका–६, ७, ८ र ९ मा २०७७ भदौमा आएको बाढीले १३१ घरमा क्षति पुर्याएको थियो।
ढोरपाटन– बागलुङको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते भीषण बाढी आयो। बाढीले १३१ परिवारलाई घरबारविहीन बनायो। १५ जना अझै बेपत्ता छन्।
तीन वर्षअघिको उक्त बाढीले अझै झस्काइरहन्छ, स्थानीय निमप्रकाश विकलाई। “पानी पर्यो भने राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छु,” बाढीले सम्पत्ति र आफन्त गुमाएका विक भन्छन्, “त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु।”
बाढीमा विकले २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाएका थिए। भएभरको जायजेथा सबै बाढीले बगाएको थियो। परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि उनी एक्लो बनेका छन्। बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले बाँच्न सफल भएको उनले सुनाए।
“बाढीले सबै बगाएकाले अब गरिखाने जग्गा छैन। नगरपालिका तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगले घर बनाएँ,” उनले भने, “जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो।” उनीसहित गाउँलेहरू त्यसयता त्रासमा बाँचिरहेका छन्। सोही बाढीमा ढोरपाटन–९ का कुलबहादुर विकले परिवारका चार सदस्य गुमाए।
घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षीया नातिनी बगाएको थियो। “अहिले ऋण गरेर ढोरपाटनमा घर बनाएको छु,” उनी भन्छन्, “बाढी आएको बेला श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा गएका थियौँ।” घरमा भएका सबैलाई बाढीले बगाएको थियो।
बाढीले ढोरपाटन–६, ७, ८ र ९ का १३१ घरमा क्षति पुर्याएको थियो। ११ वटा जलविद्युत् आयोजनाको विद्युत्गृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुंगे पुल, पाँच ढलान पुल, १० काठेपुल र दुई विद्यालय बगाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
